बिहीबार, वैशाख ११, २०८२

ट्रम्प समर्थकको हिंसामा घाइते भएका प्रहरीको मृत्यु

नेपालखोज २०७७ पुष २४ गते १३:१९

काठमाडौँ । अमेरिकी सदनमा ट्रम्प समर्थकहरुले गरेको आक्रमणको क्रममा घाइते भएका एक प्रहरीको मृत्यु भएको छ ।

राष्ट्रपति ट्रम्पका हिंसक समर्थकहरुले गरेको हिंसामा अहिले सम्म कुल पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।

ट्रम्प समर्थकहरुले बुधवार अमेरिकाको राजधानी स्थित संसद भवनमा आक्रमणमा गरेका थिए ।

त्यस समय अमेरिकाको नव निर्वाचित राष्ट्रपति जो बाइडेन को जित प्रमाणित गर्ने प्रकिया चलिरहेको थियो र सदनमा काँग्रेसको बैठक जारी थियो ।

ट्रम्प समर्थकहरुले आक्रमण गरेपछि सांसदहरुलाई त्यहाँ लुकेर बस्नु परेको थियो ।

उक्त घटनामा संलग्न रहेका ६८ जनालाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ भने घाइते भएका एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।

प्रहरीको अनुसार, हिंसामा घाइते भएका ब्रायन डी स्टिकनिकको विहिबार मृत्यु भएको हो । उनको मृत्यु विहिबार राति भएको प्रहरीले जनाएका छन् ।

युएससीपी को बयान अनुसार, ‘स्टिकनिक बुधवार मतलब छ जनवरीको दङ्गाको सामना गर्ने क्रममा, आक्रमणकारीसंगको लडाईमा उनी घाइते भएका थिए र उनी आफ्नो डिभिजन कार्यालय फर्किने क्रममा बेहोस भएका थिए। उनलाई तुरुन्त अस्पताल भर्ना गरिएको थियो तर उनी गम्भीर रुपमा घाइते भएका थिए । उनको मृत्युको कारणको बारेमा मेट्रोपोलिटन प्रहरी विभागले जाँच गरिरहेको छ ।’

प्रतिक्रिया