बिहीबार, वैशाख ११, २०८२

सिटिजन्स बैंकका ग्राहकले होटल अकामामा विशेष छुट पाउने

नेपालखोज २०७७ पुष २४ गते १३:२७

काठमाडौं । सिटिजन्स बैंकको कार्ड प्रयोग गर्ने ग्राहकले अकामा होटलमा छुट पाउने भएका छन् ।

बैंकका कार्डवाहक ग्राहकलाई होटलको सेवा शुल्कमा विशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पछि बैंकका डेबिट-क्रेडिट-प्रिभिलेज कार्डवाहक तथा कर्मचारीका साथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवामा विशेष छुट पाउँनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली पूर्ति गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया