बिहीबार, वैशाख ११, २०८२

बाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा नम्रता श्रेष्ठ

नेपालखोज २०७७ पुष २४ गते १६:०४

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्ती गरेको छ । शुक्रबार राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका हुुन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धनकालागि आफ्नो ब्रान्ड एम्बासडरमा नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए । सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताईन । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको संचालन ईश्वर उप्रेतीले गरेका थिए ।

बैंकले गत आ.व. २०७६÷०७७ मा ४ अर्ब ४५ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप २ खर्ब ३० अर्ब रुपैंया, कर्जा १ खर्ब ५० अर्ब रुपैंया र हालको बेस रेट ५.७४ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया