बुधबार, वैशाख १०, २०८२

चेल्सी र टोटनह्याम एफए कपको चौथो चरणमा

नेपालखोज २०७७ पुष २७ गते १०:५८

एजेन्सी । चेल्सी र टोटनह्याम एफए कपको चौथो चरणमा पुगेका छन् । चेल्सीको जितमा टिमो वेर्नर, मासन माउन्ट, कलुम हड्सन ओडोइ र काई हाभर्टजले गोल गरे ।

टोटेनह्याम पनि मारिन एएफसीलाई ५-० ले हराउदै अघिल्लो चरणमा पुगेको छ । टोटेनहमको जितमा कार्लोस भिनिसियसले ह्याट्रिक गरे ।

यस्तै लुकास मौरा र अल्फी डिभाइनले १-१ गोल थपे । अर्को खेलमा ब्राइटनले न्युपोर्ट काउन्टीलाई पेनाल्टीमा ४-३ गोल अन्तरले हराएको छ ।

प्रतिक्रिया