भारतको राजधानिमा वर्ड फ्लुको पुष्टि
नेपालखोज
२०७७ पुष २७ गते ११:३२

एजेन्सी । भारतमा वर्ड फ्लुको वढ्दो संक्रमणसँगै राजधानी दिल्लीमा समेत पोजेटिभ संक्रमणका पन्छीहरु फेला परेका छन् । भारतको एनिमल हसबैंडरी विभागका अनुसार जालंधरमा पठाएको नमुनामध्येमा ८ वटा पन्छीमा वर्ड फ्लु पोजेटिभ पाइएको हो ।
यसअघि नयाँ राज्यहरुमा उत्तर प्रदेशको कानपुरको एक चिडियाखानामा परेका पन्छिको वर्ड फ्लू परीक्षण गर्दा पोजेटिप देखिएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । अहिलेसम्म भारतको ८ राज्य मध्य प्रदेश, राजस्थान, गुजरात, हिमाचल, हरियाणा र केरलामा मा वर्ड फ्लु संक्रमित पन्छी फेला परिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया