प्रभावकारी गरिमा सुनौलो भविष्य बाल निक्षेप योजना

काठमाडौं । गरिमा विकास बैंकले “सुनौलो भविष्य बाल निक्षेप योजना” ल्याएको छ । बालबालिकाहरुको सुन्दर भविष्य निर्माणका लागि यो योजना अत्यन्त प्रभावकारी रहेको बैंकले जनाएको छ । यस योजना अन्तर्गत न्युनतम पाँच सयमा खाता खोलेर निक्षेप योजना भर्दा मुद्घतीको ब्याज पाउनुको साथै समय समयमा थप वचत थप्दै जान पनि सकिने बैंकले जानकारी दिएको छ ।
योजनामा भर्खरै जन्मेका शिशुदेखि अधिकतम १५ वर्षसम्मका बालबालिकाहरुको खाता खोल्न सक्नुका साथै ‘आजको बचत भोलीको आधार’ भन्ने नारा रहेको पनि गरिमा बैंकले जनाएको छ । यो योजनाले हरेक महिना बचतको केही भाग आफ्नो बच्चाको सुनौलो भविष्यका लागि जम्मा गर्दा बालबालिकाको सुनौलो भविष्य निर्माणमा सहयोग पुग्ने कुरालाई हेक्का राख्दै यस्तो योजना ल्याएको बैंकले जानकारी दिएको छ ।
यो योजनाले बालबालिकाहरुले भविष्यमा डाक्टर, ईन्जीनियर, पाईलट तथा अन्य लक्ष्य लिँदा सोही बमोजिमको अध्ययनका लागि आवश्यक पर्ने खर्चहरुलाई मध्यनजर राखेर आजैबाट योजनावद्घ तवरले बचत गर्न आफ्ना अभिभावकहरुलाई प्रेरित गर्न सक्नेछन् । यसबाट बचत गर्ने बानीको समेत विकास हुनेमा बैंकको विश्वास छ । भविष्यमा आइलाग्ने ठूलो खर्चका लागि यस्तो बचतले आधारशीला खडा हुने कुरामा बैक विश्वस्त रहेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
गरिमा विकास बैंकले बताएअनुसार प्रत्येक ३ महिनामा खातामा ब्याज पाउने र त्यो ब्याजले पनि ब्याज कमाईरहने भएकोले यो योजना अत्यन्तै लाभदायक छ । खातावालाले आफू नागरिक भएपछि नागरिकता लिएर सम्बन्धित वैंक शाखामा उपस्थित भए पश्चात् सो खाता स्वतः बन्द भई साधारण खातामा परिवर्तन गरिने बैंकले बतायो । आवश्यक परेको खण्डमा बचतको ८०% सम्म कर्जा सुविधा लिन पनि सकिने र यो योजनामा समय पुगेपछि आफैं निःशुल्क खाता बन्द गर्न पनि सकिने हुनाले कुनै झन्झट नरहेको बैंकले बतायो । यो योजना गरिमा विकास बैंकका सबै शाखा कार्यालयहरुबाट उपलब्ध हुने पनि उसले सम्बद्ध सबैलाई सूचित गरेको छ ।
यदि कुनै व्यक्तिले महिनाको रु १०,०००/- जम्मा गर्दै गएमा यो योजनाअन्तर्गत १८ बर्षको लागि खाता खोलेर औषत् ९% ब्याज पाउँदा योजना अवधिपश्चात् एकमुष्ठ करिब रु ५०,००,०००/- पाउन सक्ने हुन्छ भनी बैंकले जानकारी दिएको हो ।
प्रतिक्रिया