नेपालमा आपत्तकालीन कोरोना खोप प्रयोगका लागि अनुमति
नेपालखोज
२०७७ माघ २ गते १६:२२

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोपले आपत्तकालीन प्रयोगको अनुमति पाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले शुक्रबार कोरोना खोपलाई आपत्तकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको छ ।
विभागले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाईआपत्तकालीन प्रयोगका लागि अनुमति दिएको हो ।
यस्तै, विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई विभागले आपत्तकालीन अनुमति दिएको छ ।

विभागले दुई दिन अघि आपत्तकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।
‘कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपत्तकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया