एपिएफको फराकिलो जित
नेपालखोज
२०७७ माघ ३ गते १६:२४

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा एपिएफले सानदार विजयी सुरुवात गरेको छ । शनिबार एपिएफले प्रदेश एकलाई १ सय ३५ रनको फराकिलो अन्तरले हराउँदै उत्कृष्ट विजयी सुरुवात गरेको हो ।
जितको लागि २ सय ४४ रनको विजयी पछ्याएको प्रदेश एक ४२.४ ओभरमा १ सय ८ रनमा अल आउट भयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपिएफ ४८.४ ओभरमा २ सय ४३ रनमा अल आउट भएको थियो । एपिएफका ओपनर आशिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिए । आशिफले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ५९ रनमा जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
एपिएफले आफ्नो दोस्रो खेलमा माघ ८ मा गण्डकीसँग मुलपानीमा खेल्ने छ । प्रदेश एकले सोमबार मुलपानीमै गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया