राष्ट्रव्यापी स्नुकर प्रतियोगिता माघ अन्तिम साता
नेपालखोज
२०७७ माघ ४ गते १९:१३

काठमाडौं । माघ अन्तिम साताबाट बौद्ध स्थित अजिमा स्नुकर हाउसमा चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने भएको छ ।
नेपाल विलियार्डस, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ देखि फागुन २२ गतेसम्म सञ्चालन हुने जानकारी गराएको छ । प्रतियोगितामा ५० जिल्लाबाट करिब २५६ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले दुई लाख ११ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै उपविजेताले ९१ हजार प्राप्त गर्दा तेस्रोले ३० हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । १४७ ब्रेक गर्नेले १० लाख प्राप्त गर्दा सबैभन्दा बढी ब्रेक गर्नेले २१ हजार पाँच सय रुपैयाँ नगद पाउनेछन् । सेन्चुरी ब्रेक गर्नेले दुई लाख एक हजार र बेस्ट प्लेयरले ११ हजार पाँच सय रुपैयाँ पाउनेछन् ।
सम्बन्धित
प्रतिक्रिया