भारतमा कोरोना खोप लगाएका दुई जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु भएको छ । खोप लगाएपछि कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको हो ।
कर्नाटकमा पहिलो दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको र उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसविरुद्धको खोप लगाएका ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ भने सात जना अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ ।
भारतमा जारी खोप अभियानमा तीन दिनमा ३ लाख ८१ हजारभन्दा बढीलाई खोप लगाइएको छ । खोप लगाइएकामध्ये शून्य दशमलब २ प्रतिशतमा प्रतिकुल असर देखिएको हो ।
भारतले दैनिक ३ लाख मानिसमा खोप लगाउने तयारी गरे पनि तीन दिनमा जम्मा ३ लाख ८१ हजारलाई खोप दिन सकेको हो । पहिलो दिन तोकिएकोमध्ये ६४ प्रतिशतलाई खोप प्रदान गरिएको छ ।
प्रतिक्रिया