भारतीय भजन गायक नरेन्द्र चञ्चलको निधन
नेपालखोज
२०७७ माघ ९ गते १६:३८

काठमाडौं । प्रसिद्ध भारतीय धार्मिक गीत र भजन गायक नरेन्द्र चञ्चलको ८० वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको हो । पछिल्लो तीन महिनादेखि उनी बिरामी थिए ।
चञ्चलले कयौँ भजन तथा हिन्दी फिल्मका गीत गाएका छन् ।
चञ्चलले सन १९७३ मा बबी फिल्मका लागि ‘बेसक मन्दिर मस्जिद’नामक एक बलिउड गीत गाए जसका लागि उनले फिल्मफेयर सर्वश्रेष्ठ पुरुष प्लेब्याक सिंगर अर्वाड समेत जितेका थिए ।
उनले ‘मिडनाइट सिंगर’ भन्ने आत्मकथा पनि प्रकाशित गरेका छन् जसले उनको जीवनका उतारचढावलाई प्रस्तुत गर्छ ।
सम्बन्धित
प्रतिक्रिया