सिरहाको मिर्चैयामा प्रेसर कुकर बम फेला
नेपालखोज
२०७७ माघ १० गते १२:१८

जनकपुरधाम । सिरहाको मिर्चैयामा प्रेसर कुकर बम फेला परेको छ । शनिबार बिहान मिर्चैया नगरपालिका–५ स्थित जिबाखोलाको पुलमा प्रेसर कुकर बम फेला परेको सिरहाका प्रहरी प्रवक्ता नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
पुलमा शंकास्पद अवस्थामा प्रेसर कुकर बम भेटिएपछि प्रहरीले सुरक्षा घेरा लगाएर नेपाली सेनालाई बोलाएको थियो ।
चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थलमा पुगेर शंकास्पद बस्तु डिस्पोजल गरेको प्रहरी प्रवक्ता शर्माले बताए ।
शंकास्पद बस्तु फेला परेपछि केही समय पूर्वपश्चिम राजमार्गमा सवारी अवरुद्ध भएको थियो ।
अहिले सवारी आवतजावत शुरु भइसकेको प्रवक्ता शर्माले बताए ।
सम्बन्धित
प्रतिक्रिया