नेकपाको कारण मुलुकले अस्थीरता बेहोर्नु परेको छः महामन्त्री कोइराला

महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले चुनाव चिह्नमा विवाद गरिरहेको नेकपाका कारण निर्वाचन नहुने जिकीर गरेका छन् ।
महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्ट पार्टी अझै फुटी नसकेकोसमेत तर्क गरेका छन् । नेकपाको दुबै गुटका कारण मुलुकले राजनेतिक अस्थिरता बेहोरिरहेको समेत कोइरालाले आरोप लगाए ।
साथै उनले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेकोसमेत बताए ।
कांग्रेसको आग्रह पनि संसद् पुनःस्थापनाका लागि नै छ । लोकतान्त्रिक पार्टी भएकोले हाम्रो पहिलो प्राथमिकता संसद् पुनःस्थापना हुनुपर्छ भन्ने हुनु पर्नेमा कोइरालाको जोड थियो ।
पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली सङ्कलन गर्न अहिलेको राजनीतिक परिस्थितीले गर्दा ढीलो भएको छ त्यो समयमै टुङ्याउनु पर्ने कोइरालाले बताए ।
‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशिलको नामावली अझै आउन नसकेकोले समयमा अधिवेशन गराउन नसक्नु पार्टीको कमजोरी रहेको पनि कोइरालाले जानकारी गराए ।
दिलेन्द्रप्रसाद बडू हाल मातृशोकमा छन् । कोइराला बडूलाई भेट्न केन्द्रीय नेताहरुको टोलीसहित शुक्रबार साँझ कञ्चनपुर पुगेका हुन् ।
महाधिवेशन समयमा गर्न सके कांग्रेसले छिटो नयाँ यात्रा गर्नेछ भन्नेमा महामन्त्रीले जोड दिए ।
प्रतिक्रिया