युट्युबले पनि ल्यायो ह्यासट्यागको नयाँ फिचर
नेपालखोज
२०७७ माघ ११ गते ११:४७

एजेन्सी । युट्युबले ह्यासट्यागको फिचर सार्वजनिक गरेको छ । टवीट्रर र इन्स्टाग्रामले ह्यासट्यागको तरङ्ग मार्फत एकदमै चर्चित बनेका बेला युट्युबले पनि यही ट्रेन्डलाई पछ्याएको हो ।
गूगलले युट्युबको भिडियोहरुलाई मेटाडेटा ट्याग प्रयोग गरेर संगठित गरेको छ । अब कुनै भिडियोको अन्त्य वा भिडियोको सुरुवातमा रहेको ह्यासट्यागमा थिचेमा त्यस्तो खालको अरु भिडियोहरु पनि रहेको पेज खुल्ने गर्दछ ।
यो फिचरलाई www.youtube.com/hashtag/yourterm टाइप गरेर पनि प्राप्त गर्न सकिन्छ । युटयुबले यो फिचरले गर्दा ट्याग भएको भिडियो मात्रै हाईलाईट गर्न थालेको छ ।
सम्बन्धित
प्रतिक्रिया