सोमबार, वैशाख ८, २०८२

नेप्से ५० अंकले बढ्दा ९ अर्ब ३७ करोडको सेयर किनबेच

नेपालखोज २०७७ माघ ११ गते १५:३८

काठमाडौं । साताको पहिलो कारोवार दिन आज नेप्सेले छलाङ मारेको छ । आइतबार नेप्से ५० दसमलव दुुई अंकले बढेर २४ सय २४ दसमलव ८४ अंकमा पुुगेको छ । यस्तै, सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव ४७ अंकले बढेर चार सय ५२ दसमलव छ अंकमा पुगेको छ । दुुई सय सात वटा कम्पनीहरुको ७९ हजार चार सय ९८ पटकको कारोवारमा एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर किनबेच हुुंदा कुुल कारोवार रकम नौ अर्ब ३७ करोड ६० लाख ५३ हजार दुुई सय २० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा ट्रेडिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक भने उच्च अंकले बढेका छन । सो मध्ये बाणिज्य बैंक समुहको सुचक २१ दसमलव ३६ अंकले बढेर १७ सय ४५ दसमलव ४२ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय २१ दसमलव ६१ अंकले बढेर ११ हजार सात सय छ दसमलव ३२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ६५ दसमलव ६८ अंकले बढेर १६ हजार नौ सय ४८ दसमलव ६५ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युत, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेका छन ।

आज गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर सात सय ९२ रुपैंयाँमा कारोवार हुंदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९१ प्रतिशतले घटेर छ सय २७ रुपैयाँमा कारोवार भएको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको आज एकै दिन प्रतिकित्ता २८ सय ४९ रुपैयाँ अन्तिम मुल्यमा ६६ करोड ८२ लाख ७३ हजार एक सय ९५ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया