कुमारी बैंकले कमायो ६ महिनामा १ अर्ब २१ करोड खुद मुनाफा

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधि अर्थात ६ महिनामा १ अर्ब २१ करोड ६५ लाख ५८ हजार चार सय ७२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ८० करोड ३० लाख ११ हजार चार सय ७६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार आठ सय ३६ रुपैयाँ रहेको बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १ खर्ब २२ अर्ब ७२ करोड ८८ लाख २८ हजार ८९ रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ७३ करोड ८९ लाख ८६ हजार आठ सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २ अर्ब ४९ करोड ७७ लाख ८९ हजार तीन सय ७२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा १ दसमलव ०६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा ३ दसमलव ५८ प्रतिशतको स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ६३ करोड ७५ लाख ५५ हजार ३ सय ७९ रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले १ खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार एक सय ९६ रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोड ७२ लाख ५९ हजार पाँच सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १ अर्ब ८२ करोड २९ लाख ४२ हजार एक सय ६५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा १ दसमलव ०४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर ४ दसमलव ३७ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया