सानिमा बैंकको शाखा ललितपुरको कुपण्डोलमा
नेपालखोज
२०७७ माघ १३ गते ११:१४

ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको कुपण्डोलमा बैंकको शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
बैंकका अनुसार उक्त शाखाको समुद्घाटन सोमबार ब्रान्ड प्रबर्धक बरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका हुुन् ।
समुद्घाटन समारोहमा मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल एवं विश्वसनीय बैंककोरुपमा निरन्तर बिस्तार हुनका लागि थप सफलताको निमित्त शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ बिस्तारित काउन्टरर ८५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया