बालिका बेच्न खोज्ने दलाल पक्राउ, बालिकाको उद्धार
नेपालखोज
२०७७ माघ १३ गते १३:५९

धनुषा । सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सात वर्षीया काजल दास सय बिघा निवासी हुन् ।
उनलाई ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको ससस्त्र प्रहरी बल जटहीले जानकारी दिएको हो ।
साथै बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम रहेका छन् ।
उनीहरुमाथि मानव बेचविखनको कानुन अनुसार कारबाही हुने पनि सशस्त्रले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया