आइतबार, वैशाख ७, २०८२

८० वर्षीया वृद्धा र ३५ वर्षे जवानको प्रेम कहानी

नेपालखोज २०७७ माघ १३ गते १४:४०


एजेन्सी । प्रेम अन्धो हुन्छ भन्ने भनाइ नै रहेको छ। उमेर, जातपात, धर्म, धनी गरिब, कालो र गोरो केहीले असर गर्दैन प्रेममा भन्ने पनि अर्को भनाइ रहेको छ ।

प्रेमले कुनै पनि बन्देज तोड्न सक्ने कुरा नौलो होइन । यस भनाईलाई ठ्याक्कै चरितार्थ गर्ने बेलायतको एक अनौठो विवाह उदाहरण बनेको छ । ८० वर्षीया एक वृद्धाले ३५ वर्षीय युवकसँग विवाह गरेपछि यस्तो भएको ।

बेलायत निवासी आइरिस जोन्स नामक वृद्धाको इजिप्ट निवासी ३५ वर्षीय युवक मोहम्मद इब्राहिमसँग फेसबुकबाट चिनजान भएको थियो ।

दुबैमा फेसबुक भिडियोमार्फत घण्सटौंसम्म लामालामा कुराकानी हुन थाल्यो । लामो समयदेखि कुराकानी गरिरहेका इब्राहिमले पछि आइरिसलाई प्रेमको प्रस्ताव राख्न पुगे। यसैबीच आइरिस इब्राहिमलाई भेट्न इजिप्टको यात्रामा निस्किइन् ।

सो भेटपछि आइरिस र इब्राहिमले गोप्य रुपमा विवाह गर्ने निर्णय गरे। विवाहपछि धेरैले इब्राहिमले आइरिससँग धनसम्पतीका निम्ति विवाह गरेको टिप्पणी गरेका छन्, तर इब्राहिमले भने उनले आइरिसलाई धनका लागि नभई प्रेमले नै विवाह गरेको बताउँदै आएका छन् ।

आइरिसले मुस्लिम धर्मको नियम अनुसार मुस्लिम धर्म समेत स्वीकार गरिसकेकी छिन् । यी दुबैको फोटो हाल निकै भाइरल भइरहेको छ ।

विवाहपछि आइरिसले एक रियालीटी शोमा भाग लिएकी थिइन्, त्यहाँ उनले सो विवाहको चर्चा गरेकी थिइन् । सोही शोमा उनले आफ्नो यौन जीवनका बारेमा खुलेर कुरा गरिन् ।


हनीमुनपछि आइरिसका छोराछोरी र नातीनातीनाले उनीसँग कुराकानी गर्न बन्द गरेको समेत उनले त्यहाँ बताएकी छिन्।


हाल आइरिस इजिप्टमा इब्राहिमको साथमा सुखसाथ रहँदै आएकी छिन् । आइरिसले आफू खुशी रहेको पनि बताएकी छिन् ।

प्रतिक्रिया