बुधबार, वैशाख १०, २०८२

चेल्सीको प्रशिक्षकमा थोमस टुसिल नियुक्त

नेपालखोज २०७७ माघ १४ गते १०:५३

एजेन्सी । इंग्लिस क्लब चेल्सीको प्रशिक्षकका थोमस टुसिल नियुक्त भएका छन् । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० का पूर्व प्रशिक्षक टुसिलले चेल्सीमा फ्र्यांक लाम्पार्डको स्थान लिने भएका हुन् ।

लाम्पार्डलाई चेल्सीले सोमबार बर्खास्त गरेको थियो । त्यसपछि मंगलबार उसले क्लबको प्रशिक्षक जिम्मेवारी टुसिललाई दिने निर्णय गरेको हो ।

टुसिलले चेल्सीसँग १८ महिनाको सम्झौता गरेका छन् र सो अवधि बढ्न पनि सक्ने छ । पिएसजीमा टुसिलले फ्रेन्च कप र फ्रेन्च लिग कप गरि दुई उपाधि जितेका थिए ।

प्रतिक्रिया