कानुनमन्त्री यादवले पहिलो खोप लगाएर पदीय दुरुपयोग गरेकै हुन् ?

काठमाडौं । सर्वसाधारण नागरिक र फ्रन्टलाइनरमा खोपप्रति त्रास बढेकोले विश्वसनीयता दिलाउनका लागि पहिलो कोभिड–१९ विरुद्धको खोप आफूले पहिला लगाएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री जानेन्द्र यादवले बताएका छन् ।
नेपाल खोजसँगको टेलिफोन संवादमा खोपप्रति फैलिएकोको अपवाह हटाउनका लागि तथा खोप सुरक्षित छ भन्ने जनविश्वास दिलाउनका लागि आफूले कोरोनाविरुद्धको खोप लगाएको मन्त्री यादवले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बिहीबार भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याएको थियो । पहिलो चरणमा नेपाल भित्रिएको उक्त खोप स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनहरुलाई दिने स्वास्थ्य मन्त्रालयले बताएको छ । यद्यपि नियम विपरित उक्त खोप मन्त्री यादवले लगाएपश्चात् उनले पदीय दुरुपयोग गर्दै खोप लगाए भनी उनीमाथि थ्रुपै आलोचना भएका छन्।
मन्त्री यादवले भने खोपबारेको गलत सूचना बाहिर नजाओस् भन्नका लागि आफूले पहिलो खोप लगाएको बताए । उनी भन्छन्–‘म जनप्रतिनिधि तथा सबैको नेतृत्व गर्ने मान्छे हुँ खोपबारे फैलिएका विभिन्न अपवाहका कारण मर्ने भनेको त सामान्य जनता हुन् नेताले कहाँ खोप लगाउँछन् र पहिला भन्ने जस्ता हल्लाविरुद्ध खोपबारेको सहि सूचना प्रवाह गर्नका लागि मैले खोप लगाउनु महत्वपूर्ण ठानेँ त्यसैले कोरोनाको खोप लगाएको हुँ ।’
दोस्रो डोज खोप पनि लगाउने मन्त्री यादव बताउँछन् । साथै आफूलाई अहिलेसम्म खोपका कारण कुनै पनि साइड इफेक्ट नभएकोले सबैलाई निर्धक्कसँग खोप लगाउन उनी सल्लाह दिन्छन् । कोरोना खोप लगाएपश्चात् आफूले दिनभर जस्तो मन्त्री क्वाटरमा गएर काम गरेको उनी बताउँछन् ।
प्रतिक्रिया