कतारको नेपाली दुतावासमा थन्किएका रहदानी लिन दुतावासले निकाल्यो सूचना

दोहा । कतारस्थित नेपाली दूतावासमा ७८६ जना नेपालीका राहदानी त्यसै थन्किएर रहेको छ ।
सन् २०११ देखि २०१७ सम्म विभिन्न मितिमा दूतावासमा राहदानीका लागि आवेदन दिएका निम्न आवेदकहरुको मेशिन रिडेबल राहदानी तयार भई राजदूतावासमा आइसकेको तर हलसम्म लिने मान्छे नआउँदा थन्किएर रहेको दूतावासले एक सूचना जारी गर्दै बताएको छ ।
तर हालसम्म पनि सम्बन्धित व्यक्तिले उक्त राहदानीहरु बुझ्न नआकाले सूचना प्रकाशन गर्नु परेको दुतावासले जनाएको छ ।
सो सुचनामा तीन महिनाभित्र पूरानो राहदानी, रसिद वा आफ्नो परिचय खुल्ने कागजातसहित दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
तोकिएको समयभित्र दाबी नभएमा राहदानीहरु राहदानी विभाग, काठमाडौँ पठाइनेसमेत सो सुचनामा सम्बन्धित सबैलाई दूतावासले अनुरोध गरेको हो ।
साथै यस सम्बन्धमा कुनै जिज्ञासा भएमा दूतावासको राहदानी शाखाको इमेलमा सम्पर्क गर्न सूचनामा भनिएको आग्रह गरिएको छ ।
सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हाल सम्म बुझी नलगेका १ हजार ९७४ राहदानीहरु सम्बन्धित राहदानी बाहकले यो सूचना प्रकाशन भएको मितिले ३ महिना भित्र लिईसक्नु पर्ने दूतावासले जनाएको छ ।
साथै, नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफुसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल डकुमेण्ट बनाउन आउनेहरुले पनि आफ्नो पुरानो राहदानी दूतावासमा छ कि यकिन गरेर मात्र नयाँ राहदानी वा ट्राभल डकुमेण्ट बनाउन आवेदन दिनसमेत दूतावासले अनुरोध गरेको छ ।
प्रतिक्रिया