साउथ सुपरस्टार अल्लु अभिनित ‘पुष्पा’ को प्रदर्शन मिति तय
नेपालखोज
२०७७ माघ १५ गते १६:१३

एजेन्सी । दक्षिण भारतीय चलचित्रका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको चलचित्र ‘पुष्पा’को प्रदर्शन मिति तय भएको छ ।
मैथरी मुभि मेकर र मुत्तमसेट्टी मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टर सार्वजनिक गर्दै अगस्ट १३ लाई प्रदर्शन मिति घोषणा गरिएको हो । भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुने चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् ।
अल्लुको चलचित्र पहिलो पटक धेरै भाषामा एकै साथ प्रदर्शन हुन लागेको हो । चलचित्र तेलुगु, तमिल, हिन्दी, कन्नड र मल्यालम गरी पाँच भाषामा रिलिज हुनेछ । चलचित्रमा अल्लु अर्जुन र निर्देशक सुकुमारले तेस्रो पटक सहकार्य गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया