जनप्रतिनिधिले भ्रष्टाचारलाई बढावा दिए : रमेश खरेल

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेपाल सुशासन अभियानको सुभारम्भ गरिएको छ । रौतहटको मौलापुरको सोनरनियाबाट अभियानका संयोजक रमेश खरेलले सुरु गरेका हुन् ।
भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी बनौं, देश र समाजमा भइरहेको भ्रष्टाचारको विरोध गरौं भन्ने नाराका साथ सो अभियानको सुरुवात भएको हो । सो कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व डिआइजि समेत रहेका खरेलले जनताले चुनेर पठाएका प्रतिनिधिले भ्रष्टाचार ,बलात्कारको बढावा दिएको आरोप समेत लगाएका छन् ।
सम्बोधनमा खरेलको देशमा सबैभन्दा बढी भ्रष्टाचार रौतहटमा फस्टाएको समेत दावी रहेको छ । देशमा कुशासन, भ्रष्टाचार र बलात्कारविरुद्ध अभियान प्रदेश नम्बर २ को रौतहटबाट सुरुवात गरेको उहाले बताए । नेपाल सुशासन अभियानका संयोजक एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक रमेश खरेलले नेपालमा कानून गरीबहरु माथि लागू हुने गरेको बताए । नेपालमा सुशासन कायम हुनु पर्ने र भ्रष्टाचारीको अन्त्य गर्नु पर्ने लक्ष्यका साथ सञ्चालन गरेका नेपाल सुशासन अभियानको शुभारम्भ गर्न रौतहटको मौलापुर नगरपालिका-९ सोनरनियामा आयोजना गरिएको सभामा आफ्नो धारणा राख्नु हुँदै खरेलले देशको सुशासन चलाउने ठाउमा अपराधीहरु पुगेकोले मुलुकमा दण्डहीनता, अनियमितता, अपराध, भ्रष्टाचारको वृद्धि भएको उनले बताए ।
रौतहटको मौलापुर नगरपालिकाका जनता पीडित शोषित भएकोले मौलापुरबाट नै आफ्नो अभियानको शुभारम्भ गरेको घोषणा गर्दै नेपाल आमाको कसम भ्रष्टाचारी, अपराधीहरुलाई जेल पठाएर नै छाड्ने उद्घोष गरे । ३ करोड जनतालाइ धोखा दिनेहरु राज्य सत्तामा पुगेर निमुखा जनता माथि दमन शोषण गर्दै गरेकोले त्यस्ता अत्याचारी, अन्यायी, कुशाशकलाइ देशबाट समाप्त पर्ने संकल्प लिएर अघि बढेको बताउँदै सुशासनको लागि सहयोग गर्न सम्पूर्ण नागरिकलाई अपिल गरे ।
प्रतिक्रिया