बिहीबार, वैशाख ११, २०८२

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सहकार्य

नेपालखोज २०७७ माघ १५ गते १९:२७

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न व्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता गरेको छ ।

यस रणनीतिक साझेदारीमा कोभिड-१९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुर्‍याउने छ । यसका साथै ती उद्यमीहरुले महासंघ (एफवीन) बाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

निरजकुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई.तथा लघुबित्त, नबिल बैंक र रीता सिम्हा महासंघले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा बोल्दै बस्नेतले भने, “नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तिय पहुँच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ । हामीले महासंघको सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋण कर्जाहरू प्रदान गर्ने उदेश्य राखेका छौ । महासंघका सदस्यहरूको आवश्यकता अनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ ।”

त्यस्तै महासंघकी अध्यक्ष सुश्री रीता सिम्हाले भनिन्, “महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिला उद्यमीलाई वित्तिय पहुँका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंक प्रति कृतज्ञ छौं ।”

नबिल बैंकको बारेमा
नबिल बैंकले हाल देशभर एक सय १९ वटा शाखा कार्यलयहरु, एक सय ८५ एटिएम र १५ सय भन्दा धेरै नबिलरेमिट एजेन्टहरुसहित विभिन्न देश्मा रहेका एजेन्टको बृहत सन्जालमार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ । एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

एफवीनका बारेमा
एफवीन एक गैर नाफामुलक संस्था देशको आर्थिक प्रगतिमा महिला उद्यमीहरूको सामूहिक प्रयासहरूको प्रतिनिधित्व गर्ने लक्ष्य राख्दछ । एफवीन नेपाल महिला उद्यमी संघको केन्द्रीय केन्ıीय निकाय हो र यसको बोर्डमा २७ सदस्य छन् ।

महासंघले अन्ततः महिला उद्यमशीलताको दृष्टिकोणलाई आर्थिक वृद्धि र गरिबी निवारणको योगदानलाई सामाजिक आर्थिक क्षेत्रमा सबै तहमा महिलाको सहभागितातर्फ परिमार्जन गर्न खोजेको छ । अहिलेसम्म एफवीनमा २५०० भन्दा बढी सदस्यता छ ।

प्रतिक्रिया