सातामा सेयर बजार : ४४ अर्ब भन्दा बढीको कारोवार

काठमाडौं । यो साता नेप्से सुचक तथा सेयर कारोवार रकम दुुबै नै बढेका छन । नेप्सेको नियमित कारोवार कक्ष पाँच कार्य दिनै नै खुल्ला रहेकोमा तीन कार्य दिन नेप्से उच्च अंंकले बढेपनि दुुई कार्य दिन भने घटेको थियो ।
यसको बावजुत पनि सेयर कारोवार रकमले यो साता नयाँ उचाई कायम गरेको छ । नेप्से यो साता २४ सय २५ दशमलव २९ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ४२ दशमलव छ अंकमा पुुगेर रोकिएको छ ।

दुुई सय नौ वटा कम्पनीहरुको तीन लाख ५७ हजार पाँच सय ९९ पटकको कारोवारमा नौ करोड ५७ लाख १४ हजार तीन सय ३१ कित्ता सेयर खरिद बिक्री भएका छन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा यो साता कुुल कारोवार रकम ४४ अर्ब ४६ करोड ३९ लाख ९१ हजार पाँच सय ९६ रुपैयाँ पुुगेको छ । यो कारोवार रकम गत साताको तुुलनामा निकै बढी हो ।
गत साता भने नेप्सेमा दुुई सय ११ वटा कम्पनीहरुको दुई लाख ७३ हजार ६३ पटकको कारोवारमा आठ करोड नौ लाख २४ हजार छ सय ९९ कित्ता सेयर किनबेच भएका थिए । उक्त परिमाणमा सेयर किनबेच हुुंदा कुुल कारोवार रकम भने ३४ अर्ब १६ करोड ५८ लाख ६६ हजार दुई सय ५६ रुपैयाँ पुगेको थियो ।

यो साता पाँच कार्य दिन मध्ये पहिलो, दोस्रो र चौथो दिन नेप्से बढेको थियो भने तेस्रो र पाँचौं दिन नेप्से घटेको थियो । पहिलो दिन ५० दशमलव दुुई अंकले बढेर २४ सय २४ अंकमा चढेको नेप्से अन्तिम कारोवार दिन १६ दशमलव ५५ अंकले घटेर २४ सय २५ दशमलव २९ अंकमा झरेको थियो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन छ दशमलव ४७ अंकले बढेर चार सय ५२ दशमलव छ अंकमा चढेकोमा अन्तिम दिन चार दशमलव ३२ अंकले ओरालो लागेर चार सय ४२ दशमलव छ अंकमा झरेको थियो ।

यो साता नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक, नेपाल पुर्नबीमा कम्पनी आदिको बढी रकम कारोवार भएका छन भने नेशनल हाईड्रो पावर कम्पनी, नेपाल बैंक, प्रभुु बैंक, कुमारी बैंक, प्राईम कर्मसियल बैंक आदिको बढी संंख्यामा सेयर किनबेच भएको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि परेकाछन ।
सुचीकरण तर्फ भने यो साता सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, फष्र्ट माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको लगायतका कम्पनीहरु परेकाछन ।
प्रतिक्रिया