बिहीबार, वैशाख ११, २०८२

सरकारले गर्यो घुम्ती बीमा अभियान सञ्चालनको घोषणा

नेपालखोज २०७७ माघ १६ गते १२:१०

काठमाडौं । आर्थिक वर्ष २०७७।०७८ मा सरकारले घुम्ती बीमा अभियान चलाइने घोषणा गरेको छ ।
संघीय संसदमा बजेट भाषणगर्ने क्रममा सरकारले सो घोषणा गरेको हो । सरकारले घुम्ती बीमामार्फत कृषि र लघु बीमामा जनताको पहुँच विस्तार गरिने घोषणा पनि गरेको छ ।

यसै वर्षदेखि बाली बीमाको बीमा शुल्क बाली पाकेपछि आम्दानी गरेर भुक्तानी गर्ने व्यवस्था गरिएको छ । किसानलाई बाली बीमामा थप सहज बनाउने घोषणा भने पहिल्यै गरिसकेकोछ ।

बीमा समितिले पहिलो वर्षदेखि नै घुम्ती बीमा सञ्चालन गर्दै आएको थियो । सोही अनुरुप जनकपुरमा घुम्ती बीमा सेवा यस वर्ष भने सुरु गरिसकेको छ । बीमा कम्पनीहरुले पनि घुम्ती बीमा सेवा सञ्चालन गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया