बिहीबार, वैशाख ११, २०८२

बैंकहरुको कारोबारमा कोभिड–१९ को असर, अधिकांश घाटामा (बैंककाे नाफा तालिकासहित)

नेपालखोज २०७७ माघ १६ गते १४:२७

काठमाडौं । बैंकहरुको नाफामा कोभिड–१९ को असर देखिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण अर्थतन्त्र कमजोर बनेको थियो । अर्थतन्त्र कमजोर बन्दा यसको सिधा असर वाणिज्य बैंकहरुको नाफामा देखिएको छ ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालुु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण अधिकांश बैंकहरुको खुद मुनाफा घटेको छ भने केहीको नाफा कोभिड–१९ को असरका बावजुत पनि बढेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा ग्लोवल आईएमई बैंकले कमाएको छ । गत आवको दोस्रो त्रैमासमा एक अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा कमाएको ग्लोवलले चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफा बढाएर दुई खर्ब ३१ अर्ब ५१ कारेड १८ लाख रुपैयाँ पुर्‍ययाएको छ । एनआईसी एशिया बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब छ करोड पाँच लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा एनआईसी एशियाको यस्तो नाफा दुई अर्ब एक करोड ६२ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै नबिल बैंकले भने चालुु आवको दोस्रो त्रैमासमा दुई अर्ब एक करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा दुई अर्ब चार करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको थियो । यी बाहेक प्राईम कर्मसियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको खुद मुनाफा भने चालुु आवको दोस्रो त्रैमासमा एक अर्ब ५१ करोडदेखि दुई अर्ब रुपैयाँको बीचमा रहेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार नेपाल बैंक, कृषि विकास बैंक, मेगा बैंक, कुमारी बैंक र सानिमा बैंकको चालु आवको दोस्रो त्रैमासिक अवधिको खुद मुनाफा भने एक अर्बदेखि एक अर्ब ३५ करोड रुपैयाँको बीचमा रहेको छ ।

एभरेष्ट बैंक, सनराईज बैंक, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, स्टान्र्डड चार्टड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एनसीसी बैंक र बैंक अफ काठमाडौंको खुद मुनाफा भने एक अर्ब रुपैयाँभन्दा कम रहेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमाससमा सबैभन्दा कम नाफा सिभिल बैंकको रहेको छ । सिभिल बैंकले यस अवधिमा २० करोड २८ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा सिभिलको यस्तो नाफा ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया