२५ प्रतिशत रकम लिएर मात्रै शेयर किन्न निर्देशन
नेपालखोज
२०७७ माघ १६ गते १६:५५

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई २५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न निर्देशन दिएको छ।
५० वटै ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताहरूबाट अग्रिम रुपमा २५ प्रतिशत रकम लिएर मात्रै शेयर किन्न बिहीवार निर्देशन दिएको धितोपत्र बोर्डले जनाएको छ ।
यसअघि ब्रोकर कम्पनीले २५ प्रतिशत अग्रिम रकम लिन पाउने व्यवस्था थियो । त्यस्तो नियम भएपनि उनीहरूले उक्त रकम नलिने गरेका थिए। बजारको जोखिमलाई मध्यनजर गर्दै अब भने शेयर किन्दा अनिवार्य लगानीकर्ताबाट २५ प्रतिशत अग्रिम रकम लिनै पर्ने निर्देशन बोर्डले दिएको छ ।
बोर्डले ब्रोकर कम्पनीलाई दोस्रो निर्देशन पनि बिहीबार नै दिएको छ। बिक्री गरेको शेयरको राफसाफ अनिवार्य टि प्लस टु मा सक्नसमेत बोर्डको विज्ञप्तिमा भनिएको छ ।
यसअघि लगानीकर्ताले बिक्री गरेको शेयरको भुक्तानी समयमा पाउन नसकेको गुनासो गर्दै आएका थिए ।
सम्बन्धित
प्रतिक्रिया