कोरोना अपडेट : विश्वभर ७ करोड ४३ लाख बढी संक्रमण मुक्त

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पछि निको भएर डिस्चार्ज हुनेको संख्या विश्वभर ७ करोड ४३ लाख बढी पुगको छ । शनिबार बिहानसम्म विश्वभर ७ करोड ४३ लाख ३ हजार बढीले कोरोना संक्रमणलाई परास्त पारेका छन् । यो कुल संक्रमितको निको हुने दर ७२.४२ प्रतिशत हो ।
हाल विश्वभर कोरोना सक्रिय संक्रिमतको संख्या २ करोड ६० लाख ७४ हजार ७६९ जना रहेको छ । यसमध्ये १ लाख ९ हजार २१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड २५ लाख ९२ हजार ७७३ पुगेको छ ।
यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५३१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२ लाख १४ हजार ३२६ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१६ प्रतिशत हो ।
संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । अमेरिकामा २ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख ४७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया