बुधबार, वैशाख १०, २०८२

भोलि ६८औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालखोज २०७७ माघ १७ गते १३:२७

भोलि ६८औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।


कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका ग्रामीण क्षेत्रमा पनि र्याली तथा अन्य कार्यक्रमहरु आयोजना गरिंदैछ ।

कुष्ठरोगीसंग भेदभाव नगरौँ, कुष्ठरोगीलाई माया गरौँ, कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरु लिएर र्याली प्रदर्शन गरिंदैछ ।


स्कुलहरुमा हाजिरीजवाफ, वक्तृत्वकला, निवन्धलेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गरिने कृष्ठरोग नियन्त्रण तथा अपाङ्ग व्यवस्थापन शाखाका कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा रवीन्द्र बाँस्कोटा बताउँछन् ।


कुष्ठरोग प्रभावितहरू प्रति जागरुकता देखाउने उदेश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोग विरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो ।

यद्यपि यसवर्ष कोरोना जोखिमका कारणले कार्यक्रम, र्याली र भेला सामान्यरुपमा मनाउने निर्णय गरिएको बाँस्कोटाले बताए ।

कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्रे किटाणुका कारण हुने सङ्क्रामक रोग हो ।

यो रोगले मुख्य रूपमा छाला र स्नायुका टुप्पाहरू (विशेषगरी हात औँला) मा आक्रमण गर्छ ।


त्यसबाहेक, यसले नाकका भित्री भित्ता तथा माथिल्लो श्वासनलीमा पनि सङ्क्रमण गर्छ ।


यो रोगकको किटाणुले सङ्क्रमण गरेपछि र हाम्रो शरीरको रोगप्रतिरोधी क्षमता त्योसँग परास्त भएपछि छालामा नचिलाउने दागहरू देखा पर्छन् ।

प्रतिक्रिया