बिहीबार, वैशाख ११, २०८२

गणतन्त्र मध्य अफ्रिकाबाट २ महिनामा २ लाख जना विस्थापित

नेपालखोज २०७७ माघ १७ गते १५:२०

काठमाडौं । गणतन्त्र मध्य अफ्रिकाबाट अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरुका कारण दुई महिनामा दुई लाख जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रवार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कङ्गोमा विस्थापित भएका छन् ।

प्रवक्ता स्टेफन डुजार्रिकले अरु १३ हजार जना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिए ।

राजनीतिक विवाद र शसस्त्र द्वन्द्वका कारण मध्य अफ्रिकाका हजारौ मानिस विस्थापित भए नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भनेका छन् ।

राजनीतिक विवाद र हिंसात्मक द्वन्द्वका कारण पछिल्लो समयमा मात्रै दुई लाखभन्दा बढी प्रभावित भएका हुन् । ती मध्ये महिला र बालबालिकाको सङ्ख्या पनि धेरै रहेको उनले बताए ।

हिंसामा परेका र विस्थापित भएकाहरुलाई विभिन्न सहयोगको पनि अभाव रहेको प्रवक्ता डुजार्रिकले जानकारी दिए । त्यसैगरी उनीहरु विस्थापित भएर गएको कंगो, चादलगायतका देशहरु पनि आफै समस्याग्रस्त रहेकाले थप जटिलता रहेको उनको भनाई छ ।

राष्ट्रसंघको शरणार्थी सम्वन्धी निकायले पनि दशौँ हजार विस्थापित शरणार्थीहरुलाई खाने, बस्ने, लगाउने सहित स्वास्थ्य सेवाको पनि आवश्यकता रहेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया