बुधबार, वैशाख १०, २०८२

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

नेपालखोज २०७७ माघ १७ गते १६:५४

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३४ रनले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २१२ रनको लक्ष्य पठ्याएको एपीएफले ४१.३ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । उसका लागि आशिफ शेखले ६१ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

आर्मीका विक्रम शोब, जितेन्द्र मुखिया र साबह आलमले समान ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २११ रन बनाएको थियो । उसका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए ।

एपीएफका अविनाश बोहोराले ४ विकेट लिए भने किशोरी महतोले २ विकेट हात पारे ।

 विजेता आर्मीले १० लाख र उपविजेताले एपिएफले ५ लाख रुपैयाँ पाउने छन् । 

आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । सशस्त्र दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा आर्मी नेपाल पुलिस क्लबसँग ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया