के के गरेर बच्नुपर्छ बर्डफ्लुबाट ?

काठमाडौँ । काठमाडौँमा बर्डफ्लु देखिएपछि चिकित्सकहरुले उपभोक्ता र कृषकलाई सतर्क रहन आग्रह गरेका छन् । बर्डफ्लुबाट बच्ने उपायहरु उनीहरुले निम्न विधि बताएका छन् ।
माक्स लगाएर मात्रै खोरमा जाने, कुखुरा बेच्न राखिएका ठाउँ अर्थात कुखुरा बजारमा जाँदा पनि माक्स लगाएर मात्रै जाने ।
कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिले सरसफाईमा विशेष ध्यान दिने ।
बेच्न बसेका व्यक्तिहरुले पनि मास्क र पन्जा अनिवार्य लगाउने ।
केही गरी खोरका कुखुरा मर्न थाले अथवा बिरामी पर्न थाले भने तुरन्तै चिकित्सकलाई सम्पर्क गर्ने ।
बिरामी वा मरेको पक्षीलाई नछुने, बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने ।
पक्षीसँगको सीधा सम्पर्कबाट बच्ने, घरमा पालेको पक्षीको भाँडाकुँडा दिनहुँ सफा गर्ने ।
मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने एक सय डिग्रीमा पकाइसकेको मासुबाट बर्डफ्लु सर्ने सम्भावना हुँदैन।
अण्डा राम्रोसँग उमालेर मात्रै खाने, आधा पाकेको अन्डा नखाने।
प्रतिक्रिया