शनिबार, वैशाख ६, २०८२

सर्लाहीमा हुँदै गरेको बालविवाह अधिकारकर्मीले रोके

नेपालखोज २०७७ माघ १८ गते १४:००


सर्लाही । अधिकारकर्मीको पहलमा सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह रोकिएको छ ।


ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले सो विवाह रोकेका हुन् ।

संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो ।

‘बेटी पढाउ, बेटी बचाऊँ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुःखद् भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताइन् ।

ती बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेको बताइएको छ ।

बालिकाले विवाह भन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले बताइन् ।

प्रतिक्रिया