आइतबार शेयर बजारमा भारी गिरावट

काठमाडौं । आइतबारको शेयर बजारका भारी अंकले करेक्सन आएको छ । आज बजार परिसूचक नेप्सेमा ५४.७५ अंकले गिरावट आएर परिसूचक २ हजार ३ सय ७० दशमलब ५४ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ७३ अंकले घटेर चार सय ३२ दशमलव ३३ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय छ वटा कम्पनीहरुको ९६ हजार एक सय ५६ पटकको कारोवारमा एक करोड ६२ लाख ७७ हजार दुई सय ४५ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम आठ अर्ब ९७ करोड ३२ लाख छ हजार चार सय ५० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक घटेर पुरै रातो भएको छ । सो मध्ये बाणिज्य बैंक समुहको सुचक ४१ दशमलव एक अंकले घटेर १६ सय ६९ दशमलव ९२ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ६४ दशमलव चार अंकले घटेर १२ हजार दुई सय ९८ दशमलव १२ अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि चार सय ६० दशमलव ३७ अंकले घटेर १७ हजार तीन सय ६७ दशमलव १८ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, लघुबित्त, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेका छन ।
आज प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९३ प्रतिशतले बढेर सात सय ६४ रुपैयाँमा कारोवार हुंदा गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रिलायन्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव ३० प्रतिशतले घटेर दुई सय ३२ रुपैयाँमा कारोवार भएको छ ।
आज पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २२ सय ७३ रुपैयाँ अन्तिम मुल्यमा ३९ करोड ८९ लाख ५९ हजार दुई सय ७३ रुपैयाँको कारोवार भएको छ । यो कारोवार रकम आज भएका कम्पनीहरुको कारोवार मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया