भोलि सोमबार १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १० अर्ब १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिती माघ २० गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँ रहेको छ । सो मध्ये पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ भने पाँच अर्ब रुपैयाँको ट्रेजरी फ्रेस रहेको छ ।
राष्ट्र बैकका अनुसार बिक्री गरिने कुुल टे«जरी मध्येमा २९ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ फागुुन १८ गते, ९१ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७८ बैशाख एक गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ साउन १९ गते तोकिएको छ ।
यसअघि यही माघ १२ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
प्रतिक्रिया