शुक्रबार, वैशाख १२, २०८२

भारतले नेपाललाई दिने अनुदान तीन अर्बले बढायो, १५ अर्ब ८७ करोड विनियोजन

नेपालखोज २०७७ माघ १९ गते १५:३३

काठमाडौं । भारतले आगामी वर्षका लागि नेपाललाई दिने वित्तीय अनुदानमा गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले वृद्धि गरेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्ब भारुले वृद्धि गरिएको छ ।

भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ ।

यसअघि भारतले आव २०२०/२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९/२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।

गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । तर, आज सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदानमा वृद्धि भएको हो ।

यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने छ । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया