बुधबार, वैशाख १०, २०८२

नेपालको कतारमा हुने टी २० सिरिज स्थगित

नेपालखोज २०७७ माघ १९ गते १६:११

काठमाडौँ । नेपालको कतारमा हुने टी २० सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यान ले फेब्रुअरी ९ १२ सम्म हुने भनिएको टी२० सिरिज स्थगित भएको जनाएको छ ।

कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एसोसियसनको निमन्त्रणामा संचालन हुनलागेको सिरिज कतारमा कोरोनाको संक्रमण बढिरहेको कारण सिरिज स्थगित भएको क्यानले जनाएको छ ।

क्यानले अर्को सूचना नभएसम्म सो प्रतियोगिताका लागि तय भएको प्रशिक्षण क्याम्प पनि स्थगित भएको जानकारी दिएको छ ।

क्यानले कतार टूरका लागि १८ खेलाडीलाई आजदेखि शुरु गर्ने गरि बन्द प्रशिक्षणका लागि १८ खेलाडी चयन गरेको थियो ।

प्रतिक्रिया