सोमबार नेप्सेमा ३७ अंकको वृद्धि

काठमाडौं । आइतबार ५४ अंकले घटेको नेप्से साताको दोस्रो कारोवार दिन सोमबार भने उच्च अंकले बढेको छ । नेप्से आज ३७ दशमलव सात अंकले बढेर २४ सय आठ दसमलव आठ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९५ अंकले बढेर चार सय ३७ दशमलव २८ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय तीन वटा कम्पनीहरुको ६५ हजार सात सय ७८ पटकको कारोवारमा एक करोड ३३ लाख ११ हजार नौ सय ४२ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब ९७ करोड २९ लाख ३६ हजार पाँच सय २९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले घटेका छन् भने बाँकी समुहको सुचकहरु उच्च अंकले बढेका छन् । ति मध्ये बाणिज्य बैंक समुहको सुचक २० दशमलव चार अंकले बढेर १६ सय ८९ दशमलव ६६ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि ३३ दशमलव छ अंकले बढेर १८ सय ७६ दशमलव ९१ अंकमा पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय २४ दशमलव ६६ अंकले बढेर १२ हजार चार सय २२ दशमलव ७८ अंकमा पुुग्दा बिकास बंैक, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि बढेका छन् ।
आज सेञ्चुरी कर्मसियल बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुुई सय ५३ रुपैयाँमा कारोवार हुंदा कालिका माईक्रो क्रेडिट लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने छ दशमलव ५६ प्रतिशतले घटेर १२ सय ३९ रुपैयाँमा कारोवार भएको छ । यसैगरी आज सबैभन्दा बढी नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय १७ रुपैयाँ अन्तिम मुल्यमा ५८ करोड १७ लाख १५ हजार नौ सय २२ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया