बिहीबार, वैशाख ११, २०८२

एनएमबि बैंक र स्टेशनरी व्यवसायी महासंघबिच सम्झौता

नेपालखोज २०७७ माघ १९ गते १७:०८

काठमाडौं । एनएमबि बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघबीच सहकार्यताकालागि सम्झौता भएको छ । संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख, बुद्धि कुमार मल्ल र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका तर्फबाट केन्द्रिय उपाध्यक्ष, कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरेकाछन ।

एनएमबि बैंक समृद्ध नेपाल निर्माणमा सहभागी हुने लक्ष्य सहित देशको दिगो विकासमा टेवा पु¥याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशिलता प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्दै आईरहेको छ ।

प्रतिक्रिया