सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बढाइनुपर्छ : गगन थापा
नेपालखोज
२०७७ माघ २१ गते १६:३७

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सुर्तीजन्य पदार्थमा लाग्दै कर बढाउनुपर्ने बताएका छन् ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित कार्यक्रममा सुर्तीजन्य पदार्थमा कर बढाउँदै लग्नुपर्ने बताएका हुन् । उनले कर बढाउँदै लगे क्यान्सर निवारणमा महत्वपूर्ण योगदान पुग्ने तर्क गरे।
क्यान्सर रोगको मुख्य कारण धुमपान तथा सुर्तीजन्य पदार्थ भएकाले यसको प्रयोग निरुत्साहित गर्न सरकारलाई आवश्यक कदम चाल्न समेत उनले आग्रह गरे।
कार्यक्रममा अर्बुद रोग निवारण संस्थाका अध्यक्ष इश्वर श्रेष्ठले किशोर तथा युवा अवस्थाबाट यसको लत सुरु हुने देखिएको बताउँदै स्कुल तहदेखिनै यसविरुद्धको सचेतना बढाउनुपर्ने बताए।
सम्बन्धित
प्रतिक्रिया