सोमबार, वैशाख २२, २०८२

नख्खुका कैदीबन्दीलाई लगाइयो कोरोना विरुद्धको खोप

नेपालखोज २०७७ माघ २१ गते १७:१३

काठमाडौं । बुधबार नख्खु कारागारका कैदीबन्दीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र सबै कैदीबन्दीलाई कोरोना खोप दिइने बताए ।

सरकारले तोकेको मापदण्डअनुसार जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई पाँचबुथबाट दुई दिनसम्म खोप दिइने उनले जानकारी दिए । खोप छ देखि सात सयलाई बुधबार र बाँकीलाई बिहीबार गरी लगभग एक हजार ७०० कैदीबन्दीलाई लगाइने उनले बताए ।

कारागारभित्र रहेका व्यक्तिले खोप लगाउन इच्छा जाहेर गरे मात्रै लगाइने डा. गोललले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले करागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गरे । यसैबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिएका डा. प्रकाश बुढाथोकीले खोप लगाएपछि देखिने असरबाट नडराउन सबैलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया