बुधबार, वैशाख १०, २०८२

फ्रेबुअरीको अन्त्यसम्म नेपालले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स खोप पाउने

नेपालखोज २०७७ माघ २२ गते १५:४४


नेपालले फ्रेबुअरी महिनाको अन्त्यसम्ममा २२ लाख ५६ हजार डोज कोभ्याक्स खोप पाउने भएको छ ।

डब्लुएचओले प्रकाशित गरेको विवरणमा नेपालले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत उक्त २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको हो ।

कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको हो ।

नेपालले उक्त खोपलाई आपतकालिन प्रयोगमा ल्याएको एक सातापछि डब्लुएचओले यस्तो घोषणा गरेको हो । फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने डब्लुएचओको प्रक्षेपणमा उल्लेख छ ।

नेपालको औषधी व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

राष्ट्रसंघले उपलब्ध गराउने उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३।३ प्रतिशत जनाइएको छ । नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ ।

१८ वर्षभन्दा माथिल्लो उमेरकाले मात्र यो खोप लगाउन पाउनेछन् । बुधबारसम्म नेपालमा कोरोनाका २ लाख ७१ हजार ४३१ जना संक्रमित पुगेका छन् । मृतक संख्या २,०३१ पुगेको छ ।

प्रतिक्रिया