धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

रुपन्देही । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा रुपन्देहीको देवदहका एक व्यक्ति पक्राउ परेका छन् । देवदह नगरपालिका ११ रामपुर बस्ने ३९ वर्षीय राम बहादुर बिकले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ६५ वर्षीय शेष बहादुर गुरुङलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते बनाएको ओपमा प्रहरीले खुकुरी सहित पक्राउ गरेको हो । घाइते शेष बहादुरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ ।
यस्तै, उदयपुरमा आफ्नै दाईलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा कटारी नगरपालिका-६ सोमबारे बस्ने ३० वर्षीय अमर बहादुर बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको कारण मादक पदार्थ सेवन गरी अमर बहादुरले खुकुरी प्रहार गर्दा उनकै दाई ४३ वर्षीय यादव कुमार बिक घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले अमर बहादुरलाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते भएका यादव कुमारलाई कटारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगरतर्फ रिफर गरिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया