जर्मन बुन्डेसलिगामा बार्यनको संघर्षपूर्ण जित
नेपालखोज
२०७७ माघ २४ गते ८:२३

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्नले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले हेर्थालाई उसकै मैदानमा १–० गोलले हराएको छ ।
बायर्नलाई जिताउन किङ्ग्ले कोमानले २१औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै शीर्ष स्थानको बायर्नले तालिकामा १० अंकको अग्रता बनाएको छ ।
उसले २० खेलमा ४८ अङ्क जोडेको छ । पराजित हेर्था भने १७ अंकसहित १५औँ स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया