राजेश र रिमाको सन्देशमुलक गीत, ज्यानै फाल्नु पहिले
काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको म्युजिक भिडियो ’ज्यानै फाल्नु पहिले’ सार्वजनिक गरेका छन् ।
मर्नु सरल छ जिउनु कठिन, यो दुनिया कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरु नै जिउँदा हुन्छन लड्छन् र जिउछन् भन्ने संदेश दिन खोजिएको यस गीतमा स्वर गायक तथा संगीतकार हरि लम्सालको रहेको छ भने किरण कँडेलको संगीत संयोजन रहेको छ ।
मार्मिक म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा बिश्वकर्मा को साथमा बालकलाकार श्रीवानी थापा फिचर्ड छन् । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।
यस अघि गीतकार तथा संगीतकार बसन्त लम्सालले ’यसलाई पर्दा उसले हेर्थ्यो’, ‘तिमी मेरो एउटा’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।
यस गीतको म्युजिक भिडियोलाई हेरिदिन सम्पुर्णलाई निर्माण समुहले आग्रह गरेको छ ।

प्रतिक्रिया