ज्याकलिनले खरिद गरिन् प्रियंकाको घर
नेपालखोज
२०७७ माघ २४ गते १५:४८

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले चर्चित अभिनेत्री प्रियंका चोपडाको घर खरिद गरेकी छिन् । हिन्दुस्तान टाइम्सका अनुसार ज्याकलिनले मुम्बईको जुहुस्थित प्रियंकाको पुरानो घर खरिद गरेकी हुन् ।
उक्त घर ७ करोड भारुमा किनबेच भएको बताइएको छ । हाल ज्याकलिन उक्त घरमा सरिसकेकी छिन् ।
यसअघि ज्याकलिन मुम्बइको बान्ड्रामा भाडाको घरमा बस्दै आएकी थिइन् ।
प्रियंका चोपडा र निक जोनासबीच विवाह हुँदा यस घरमा प्रियंकाले पारिवारिक पार्टीको आयोजना गरेकी थिइन् ।
हाल प्रियंका र निकले क्यालिफोर्नियाको इनसिनोमा २ करोड अमेरिकी डलरमा घर किनिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया