महिला लिग फुटबल : आर्मीसँग चौदण्डीगढी ९-० ले पराजित
नेपालखोज
२०७७ माघ २४ गते १८:२४

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले हराएको हो । आर्मीका रश्मी घिसिङले ४ गोल गरिन् ।
त्यस्तै सर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एकरएक गोल गरे । आर्मीले एक गोल आत्मघाति उपहार पाएको थियो । जितसँगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ ।
लगातार सातौं हार व्यहोरेको चौदण्डी पुछारमा रहेको छ । एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । महिला लिगमा आजदेखि दोस्रो चरणको खेल सुरु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया