बिहीबार, वैशाख ११, २०८२

आज राति म्यानचेस्टर सिटी र लिभरपुलको भिडन्त

नेपालखोज २०७७ माघ २५ गते १४:१९


एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदै गर्दा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी र लिभरपुलको भिडन्त हुँदैछ ।

लिभरपुल र सिटीबीचको खेल एनफिल्डमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । घरेलु मैदान हुने खेलमा लिभरपुल सिटीलाई हराउदै अंक तालिका सुधार गर्ने मुडमा रहनेछ ।

पछिल्लो खेलमा राम्रो प्रदर्शन नगरेका लिभरपुल सिटीलाई हराउँदै जित हात पार्ने दाउमा हुनेछ । लिभरपुलले पछिल्लो पाँच खेलमा दुई जित निकाल्दै ३ खेलमा भने हार हात पारेको छ । अघिल्लो साता लिभरपुल ब्राइटनसँग १–० को लयमा थियो ।

सो हारलाई बिर्संदै लिभरपुल जित्ने दाउमा हुनेछ । लिभरसँग साडियो माने, मोहम्द सलाह, रोबर्टो फिर्मिनो, जोर्डन हेन्डरसन, जर्जिन्हो वाइनाल्डम, थियागो अलकान्तरा, एन्ड्रु रोबर्टसन, फाविन्हो, एलेक्सान्डर अर्नोल्ड, ओजान कावाक र गोलरक्षक इलिसन मैदानमा हुनेछन् ।

पछिल्लो खेलमा चोटका कारण गोलरक्षक बेकरले खेल्ने सम्भावना न्यून छ । यस्तै टोलीसँग डिभोक ओरिगी, कर्टिस जोन्स र अक्सलेड चेम्वरलेन पनि रहेको छन् ।

यता, पछिल्लो २० खेलसम्म अपराजित रहेको सिटी लिभरपुललाई उसकै मैदानमा हराउँदै अपराजित यात्रालाई कायम राख्ने सोचमा छ ।

सिटी २१ नोभेम्वर २०२० मा टोटेनहमसँग २–० ले हार व्यहोरेपछि लगातार अपराजित छ । जसमा १७ जित र ३ बराबरीको नतिजा उसको रेकर्ड हो । शीर्षस्थानमा रहेको सिटीले २१ खेलबाट ४७ अंक बटुलेको हो ।

प्रतिक्रिया